पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई २३ रनले हराएको छ । गएराति कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा कोलकाता पराजित भयो ।
जितका लागि २ सय २९ रनको लक्ष्य पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन मात्रै बनायो । कोलकाताका कप्तान नितिश राणाले सर्वाधिक ७५ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । त्यस्तै, रिङ्कु सिंह ५८ रनमा अविजित रहे ।
हैदराबादका मार्को जनसन, मयङ्क मारकान्डेले समान २ विकेट लिए । त्यस्तै, भुवनेश्वर कुमार, टी नटराजन र उमरान मलिकले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २८ रन बनाएको थियो ।
हैदराबादका ह्यारी ब्रुकले सय रनको अविजित शतकीय पारी खेले । कप्तान एडेन माक्ररमले ५० रन जोडे । कोलकाताका आन्द्रे रसेलले ३ विकेट तथा वरुण चक्रवर्तीले एक विकेट लिए । कोलकाता ४ खेलमा ४ अङ्ककासाथ तालिकाको चौथाे स्थानमा र हैदराबाद ४ खेलमा ४ अङ्ककासाथ सातौँ स्थानमा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।