नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - नेपाल पत्रकार महासङ्घ इलाम शाखाले उज्यालो सहकर्मी सुजता सुनुवारसहित तीन जना पत्रकारलाई सम्मान गरेको छ ।
कृयाशील पत्रकार महिला पुरस्कारबाट उज्यालो सहकर्मी सुनुवार र रेडियो नेपालकी सविता पाण्डे, आशिष स्मृति पत्रकारिता पुरस्कारबाट राससका टीका खतिवडा सम्मानित भएका हुन् । महासङ्घले उनीहरुलाई दोसल्ला, प्रमाणपत्र र १० हजार रुपैयाँ राशिको चेकसहित सम्मान गरेकाे हाे ।
११ वर्षअघि इलाम एफएमबाट पत्रकारिता सुरु गर्नु भएकी पत्रकार सुनुवार उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा कार्यरत हुनुहुन्छ । कृयाशील महिला पत्रकार पुरस्कार २०७५ सालमा महिलालाई पत्रकारितामा प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको हो ।
यस्तै, रेडियो नेपालका तत्कालीन जिल्ला सम्वाददाता युवा पत्रकार आशिष राईको २०५९ साल वैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा ज्यान गएको थियो । स्वर्गीय राईको स्मृतिमा २०६० सालमा इलामका सक्रिय पत्रकारहरुले पुरस्कार कोष स्थापना गरेका हुन् ।
इलामको सन्दकपुर गाउँपालिकाको सुलुबुङमा जन्मनु भएका राईको स्मृतिमा हरेक वर्ष इलामका एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।