पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सलाई पञ्जाब किङ्सले २ विकेटले हराएको छ । गएराति लखनउको घरेलु मैदानमा पञ्जाबले रोमाञ्चक जित निकालेको हो । पञ्जाबको यो तेस्रो जित हो ।
लखनउले दिएको १ सय ६० रनको लक्ष्य पञ्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर भेट्टायो । पञ्जाबका सिकन्दर राजाले ५७ रनको अर्धशतकीय पारी खेले । माथ्यु सर्ट ३४ र हर्पित सिंह २२ रनमा आउट भए । शाहरुख खान २३ रनमा अविजित रहे ।
लखनउका मार्क उड, रवि बिस्नाेई र युद्धवीर सिंहले समान दुई/दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । लखनउका कप्तान केएल राहुलले अर्धशतक ७४ रन बनाए । पञ्जाबका साम करणले ३ तथा कागिसो राबडाले २ विकेट लिए ।
पञ्जाबले ५ खेलमा ६ अङ्क जोडेको छ । पञ्जाब अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलमा ६ अङ्क नै रहेको लखनउ दोस्रो स्थानमा छ । हिजो भएको पहिलो खेलमा रोयल च्यालेञ्जर्स बेङ्लाेरले दिल्ली क्यापिटल्सलाई २३ रनले हराएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।