गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - न्युजिल्यान्डसँगको टी–२० शृङ्खलामा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको दोस्रो टी–२० खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई ३८ रनले हरायो ।
जितसँगै घरेलु टोली पाकिस्तानले पाँच टी–२० शृङ्खलामा २–० को अग्रता बनाएको छ । पहिलो खेलमा पाकिस्तान ८८ रनले विजयी भएको थियो । लाहोरमा जितका लागि १ सय ९३ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रन मात्रै बनायो ।
न्युजिल्यान्डका मार्क च्यापम्यान सर्वाधिक ६५ रनमा अविजित रहे पनि अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका हरिस रौफले ४ विकेट लिए । शादब खान, इमाद वासिम र जमान खानले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो ।
पाकिस्तानका कप्तान बाबर आजम १ सय १ रनमा अविजित रहे । बाबरको यो टी–२० मा तेस्रो शतक हो । अर्का खेलाडी मोहम्मद रिजवानले ५० रन जोडे । न्युजिल्यान्डका म्याट हेनरीले २ विकेट लिए । नसिम शाह र रचिन रविन्द्रले समान एक विकेट लिए । अब तेस्रो खेल भोलि सोमवार, चौथो खेल बिहीवार र पाँचौँ खेल सोमवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।