पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – गएको चैत महिनामा मात्रै ६१ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार २०७९ चैत महिनामा संस्थागत, व्यक्तिगत, जी टु जी प्रक्रिया र पुन श्रम स्वीकृति गरी ६१ हजार ४ सय ७८ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये पाँच हजार १३५ जना महिला र ५६ हजार ३४३ जना पुरुष रहेका छन् ।
श्रम स्वीकृति लिनेमा सबैभन्दा धेरै धनुषाका रहेका छन् भने सबैभन्दा कम रुकुमका रहेका छन् ।
७१९ वटा म्यानपावर कम्पनीले २७ हजार ८५५ जनाको संस्थागत श्रम स्वीकृति लिएका छन् भने ५ हजार ९४८ जनाले व्यक्तिगत पहलमा नै वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिएका छन् ।
जी टु जी अर्थात् सरकारी प्रक्रियामार्फत चैत महिनामा १८० जना महिला र दुई हजार ९५ जना पुरुष गरी २२ सय ७५ जनाले दक्षिण कोरिया जानका लागि श्रम स्वीकृति लिएका छन् ।
एक पटक श्रम स्वीकृति लिएर विदेश गइसकेर श्रम स्वीकृति नवीकरण गर्नेको सङ्ख्या २५ हजार चार सय रहेको छ ।
वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै धनुषाका रहेका छन् । चैत महिनामा मात्रै वैदेशिक रोजगारीमा जान धनुषाका ३६ सय ८१ जनाले श्रम स्वीकृति लिएका छन् । धनुषापछि दोस्रो नम्बरमा झापाबाट बिदेसिनेको सङ्ख्या धेरै रहेको छ । झापाका २८ सय २३ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस्तै सिराहाबाट चैत महिनामा मात्रै २५ सय ९२ जना बिदेसिएका छन् भने मधेश प्रदेशकै अर्को जिल्ला महोत्तरीबाट बिदेसिनेको २४ सय ७१ रहेको छ ।
यस्तै मोरङका २४ सय १२ जानले, रुपन्देहीबाट १९ सय ३३ जनाले, सर्लाहीबाट १८ सय ६९ जनाले, सुनसरीबाट १६ सय ६ जनाले, सप्तरीबाट १५ सय ८१ जनाले, नवलपरासी पूर्वबाट ११ सय ११ जनाले रौतहटबाट एक हजार ७७ जनाले, स्याङ्जाबाट १२ सय ७३ जनाले, तनहुँबाट १२ सय ०२ जनाले, दाङबाट १३ सय ७६ जनाले, चितवन १३ सय ४१ जनाले, बाराबाट एक हजार २५ जनाले र बाग्लुङबाट ११ सय ८८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
सबैभन्दा कम रुकुमबाट ६ जनाले श्रम स्वीकृति लिएका छन् भने मनाङबाट १८ जनाले, मुस्ताङबाट २१ जनाले, मुगुबाट ४३ जनाले, कालिकोटबाट ८७ जनाले, हुम्लाबाट ३६ जनाले र डोल्पाबाट ४४ जनाले श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकको सङ्ख्या चैत महिनामा पनि बढेको छ । ६१ हजार ४ सय ७८ जना श्रमिक बिदेसिँदा उनीहरू मध्ये १४ हजार ३ सय ५३ जना मात्रै अदक्ष श्रमिक रहेका छन् ।
४१ हजार ७ सय २९ जना दक्ष श्रमिक रहेका छन् भने ५ हजार २९३ जना अर्ध दक्ष श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
यस्तै श्रम स्वीकृति लिनेमा ८३ जना व्यावसायिक व्यक्ति र २० जना उच्च सीप भएकाहरू रहेको विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दिनेश सिलवाल
April 20, 2023, 1:47 p.m.गणतन्त्र नेपालको यो ब्यबस्थाको घोर बीरोध गरौ र राजालाई घोषणा गरि देशमा उद्योग कलकारखाना खोली रोजगारी को सिर्जना गरौ।
Paban Khatri
April 20, 2023, 1:30 a.m.दुख लाग्छ यसरी धेरै मानिसहरु बाहिरीहा नेपाल सरकारको उदेश्य भनेकै यहि रहेछ युवाहरु सबै खाडि पठाउने अनि बुढाखाडा भ नौदाहरु भने देसमा बसेर मोज गर्ने नेपालको राजनिति कहिले सम्म हो यस्तो आखिर ति युवाहरु लाई आफ्नै देसमा रोजगारिको सिजना गरिदियको भय आफ्नै देस अघि बढ्ने थियो छि नेपाली राजनिति सम्झिदा पनि खै के भन्ने