एसिसी प्रिमियर कप : साउदीले कतारलाई ७ विकेटले हरायाे

 वैशाख ९, २०८० शनिबार १६:३१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसिसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियाले कतारलाई ७ विकेटले हराएको छ ।  

कतारले दिएको दुई सय १७ रनको लक्ष्य साउदीले ३४ ओभर २ बलमा तीन विकेटको क्षतिमा पूरा गर्‍याे । अब्दुल वाहिदले एक सय २४ रन बनाए । कतारका इक्रमुल्लाह खाले २ विकेट लिए ।

त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कतारले  ४९ दशमलब ५ ओभरमा अलआउट हुँदै एक सय १६ रन बनायो । कतारका लागि मोहम्मद तनवीरले सर्वाधिक ४६ रन बनाए । साउदीका इस्तीक अहमदले ४ विकेट लिए ।

साउदीको यो पहिलो जित हो । कतारले लगातार दुई खेल हारेको छ । यो प्रतियोगितामा १० देश सहभागी छन् । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेविया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् । हरेक समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

सेमिफाइनलको विजेताले फाइनल खेल्ने छ । फाइनलमा विजयी हुने टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आउँदो सेप्टेम्बरमा हुनेछ । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया