सुनचाँदीको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो
माघ १४, २०८१ सोमबार
काठमाण्डाै – एसिसी प्रिमियर कप क्रिकेटमा कुवेतले बहराइनलाई २ विकेटले हराएको छ । बहराइनले दिएको दुई सय ५६ रनको लक्ष्य कुवेतले ४४ ओभर २ बलमा ८ विकेटको क्षतिमा पूरा गर्याे ।
कुवेतका यसिन पटेलले ६३ र मीत भाबसरले ५४ रन बनाए । बहराइनका अब्दुल मजिदले ३ विकेट लिए । त्यसअघि मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिंङ गरेको बहराइनले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा दुई सय ५५ रन बनायो । बहराइनका इमरान अनवरले ५३ रन बनाए । कुवेतका सायद मोनिबले ४ विकेट लिए । आज कुवेतले पहिलो जित र बहराइनको पहिलो हार हो ।
यो प्रतियोगितामा १० देश सहभागी छन् । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेविया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलको विजेताले फाइनल खेल्ने छ । फाइनलमा विजयी हुने टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आउँदो सेप्टेम्बरमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।