भोलि हुने उप-चुनावको सबै तयारी पूरा

 वैशाख ९, २०८० शनिबार १८:१६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भोलि हुने उप–चुनावको सबै तयारी पूरा भएको छ । भोलि चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र  बारा क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभा सदस्यको उप चुनावको  तयारी पूरा भएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता एवं सहायक प्रवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिनुभयो ।

मतदान भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने आयोगले जनाएको छ ।  मतदान सुरू हुनु ४८ घण्टा अगाडि नै प्रचारप्रसार गर्न आयोगले निषेध गरेको थियो । यस अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइ सकिएको आयोगले जनाएको छ ।

मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको छ । आवागमन र गाडी सञ्चालनका लागि पालिकाहरुले तोकेबमोजिम हुने गरी गर्न र मतदानका समयमा मौसमी प्रतिकूलताबाट हुन सक्ने प्रभावको पूर्व तयारीका लागि त्रीपाल लगायतका सामग्रीको बन्दोबस्त गर्न स्थानीय प्रशासन र पालिकालाई आवश्यक निर्देशन दिएको सहायक प्रवक्ता वाग्लेले बताउनुभयो ।

मतदानमा अवरोध हुने खालका गतिविधि कसैबाट भएमा त्यस्ता व्यक्ति तथा समूहलाई प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई आयोगले निर्देशन दिएको छ । आयोगले उपचुनावलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज र आमसञ्चार माध्यमलगायत  सरोकारवाला सबैलाई अनुरोध गरेको छ । 
 

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया