साउदी अरेबियासँगकाे खेल रद्द भएसँगै नेपाल सेमिफाइनलमा

 वैशाख ११, २०८० सोमबार १३:०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल एसीसी मेन्स प्रिमियर कपकाे सेमिफाइनलमा पुगेकाे छ । साउदी अरेबियासँगकाे खेल वर्षाका कारण टस पनि नभई रद्द भएसँगै नेपाल सेमिफाइनलमा पुगेकाे हाे । 

आज साेमवार मुलपानी क्रिकेट मैदानमा वर्षाका कारण खेल हुन नसकेपछि दुवै टाेलीले एक–एक अङ्क बाँडेका छन् । नेपालले मुलपानी क्रिकेट आज पहिलाे अन्तर्राष्ट्रिय खेल खेल्न लागेकाे थियाे ।

खेल रद्द भएसँगै नेपाल तीन खेलमा पाँच अङ्कसहित समूह 'ए' काे शीर्ष स्थानमा छ । ओमान उति नै खेलमा चार अङ्कसहित दाेस्राे र साउदी अरेबिया उति नै खेलमा तीन अङ्कसहित तेस्राे स्थानमा छ ।

अब नेपालले अन्तिम खेलमा आउँदाे वैशाख १४ गते कीर्तिपुरकाे त्रिवि मैदानमा कतारसँग खेल्नेछ । याे खेल जितेमा नेपाल समूह विजेता बन्नेछ । यही समूहको अन्तिम खेलमा ओमान र साउदी अरेबिया खेल्नेछन् । याे खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टाेली बन्नेछ ।

यस्तै वर्षाका कारण त्रिवि क्रिकेट मैदानमा हङकङ र बहराइनबीचको खेल पनि हुन सकेको छैन ।

एसीसी प्रिमियर कपको समूह 'ए' मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह 'बी' मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया