तनहुँ–१ मा स्वर्णिम वाग्लेकाे अग्रता कायमै, कांग्रेसका भट्टराई ७ हजारभन्दा धेरै मतले पछि

 वैशाख ११, २०८० सोमबार १७:३४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ – प्रतिनिधि सभा सदस्यकाे उपचुनावअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।   

पछिल्लाे मतपरिणामअनुसार वाग्लेले १८ हजार चार सय ६१ मत प्राप्त गर्नुभएकाे छ । उहाँले कांग्रेसका गाेविन्द भट्टराईभन्दा सात हजार छ सय ४४ मतले अघि हुनुहुन्छ । कांग्रेसका भट्टराईले १० हजार आठ सय १७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले छ हजार ६७ मत पाउनुभएकाे छ ।

यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ६५ हजार ९९ मत खसेको थियो ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया