अछाममा दुई जना किशोरी मृत भेटिएको घटनामा अनुसन्धान शुरू, द...
माघ १४, २०८१ सोमबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई ७ रनले हरायो ।
दिल्लीले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनायो । हैदराबादका मयङ्क अग्रवालले सर्वाधिक ४९ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । त्यस्तै उसका हेनरिक केल्सनले ३१ रन जोडे ।
दिल्लीका एनरिच नोर्किया र अक्षर पटेलले समान २/२ तथा इशान्त शर्मा र कुलदीप यादवले समान १/१ विकेट लिए । त्यसअघि हैदराबादमा टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।
दिल्लीका मनिष पान्डे र अक्षर पटेलले समान ३४ रन बनाए । हैदराबादका वासिङ्टन सुन्दरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए र टी नटराजनले १ विकेट लिए । दिल्ली सातौँ खेलमा दोस्रो जितसहित अङ्कतालिकाको पुछारमा नै छ । समान खेलमा चार अङ्क नै रहेको हैदराबाद नवाैँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।