पश्चिमी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली

 वैशाख १४, २०८० बिहीबार ७:४५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पश्चिमी क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार दिउँसो पछि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली भइ हल्का वर्षाको सम्भावना छ ।

यस्तै, अन्य प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा पनि दिउँसो पछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

अहिले भने देशका धेरै ठाउँमा घाम लागेको छ । तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया