सुनचाँदीको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो
माघ १४, २०८१ सोमबार
दाङ – लुम्बिनी प्रदेशमा आठ राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चाैधरीलाई मुख्यमन्त्री बनाउने गरी दाबी पेस भएको छ ।
आज बिहीवार दिउँसो ४ बजेसम्म बहुमतकाे सरकारका लागि दाबी पेस गर्न प्रदेश प्रमुखकाे कार्यालयले आह्वान गरेकाे थियाे । त्यहीअनुसार कांग्रेस, नेकपा माओवादी केन्द्रसहित आठ राजनीतिक दलसहित ५३ जना सांसदकाे हस्ताक्षर बुझाइएकाे कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले जानकारी दिनुभएको छ ।
प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को ३ अनुसार एमालेले आफ्नो नेतृत्वमा अल्पमतको सरकार बनाउने तयारी थालेको थियो । तर प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि बहुमतकाे सरकार गठन हुन लागेकाे हाे ।
प्रदेशमा ८७ जना सांसद रहेका छन् । जसमा सबैभन्दा ठूलो दल एमाले हो । एमालेले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने माग गर्दै प्रदेश प्रमुख शेरचनलाई ज्ञापनपत्र बुझाएको थियो ।
लुम्बिनी प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टीका तीन, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक/एक र एक जना स्वतन्त्र सांसद रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।