शेयर बजार २ अङ्कले घट्याे

 वैशाख १४, २०८० बिहीबार १५:५०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव २७ अङ्कले घटेर १ हजार ८ सय ८९ विन्दुमा झरेकाे छ ।

आज बैंकिङ र हाेटल तथा पर्यटनबाहेक अरू सबै समूहकाे शेयर घटेकाे छ । आज उत्पादन तथा प्रशाेधन, माइक्राेफाइनान्स र बीमा समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । 

बजार घटेकाे दिन २ सय ६९ वटा कम्पनीका २१ लाख ७४ हजार कित्ता शेयर ७३ कराेड ९६ लाख रुपैयाँ बराबरकाे शेयर काराेबार भएकाे छ । सबैभन्दा धेरै एभरेस्ट बैंककाे ३ कराेड ७६ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे । 

आज एनआईबीएल ग्राेथ फन्डकाे शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि आज सिटिजन्स म्युचल फन्ड–२ काे शेयर ५ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया