रुकुम पूर्व : २ सय १० रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट

 वैशाख १८, २०८० सोमबार १०:१५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - रुकुम पूर्वमा अवैध लागु औषध (अफिम) खेतीलाई नष्ट गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न ठाउँमा लगाइएको अफिम खेती नष्ट गर्न थालेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीका अनुसार पछिल्लो पटक जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–५ को हुकाम क्षेत्रमा लगाइएको अफिम खेती नष्ट गरिएको छ । त्यस क्षेत्रको झण्डै २ सय १० रोपनी जग्गामा लगाइएको अवैध अफिम खेती नष्ट गरिएको सूचना अधिकारी खत्रीले बताउनुभयो ।

जिल्लामा अन्य क्षेत्रमा पनि अफिम खेती गरिएको भन्ने सूचना प्राप्त भएकाले नष्ट गर्ने प्रहरी निरीक्षक खत्रीले बताउनुभएको छ ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया