नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पाैडेलले आफ्नाे उपचार खर्च आफैँ बेहाेर्ने चाहना व्यक्त गर्नु भएकाे छ।
राष्ट्रपति पाैडेलले दिल्लीमा रहेको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भएकाे उपचार खर्च आफैँ बेहाेर्न चाहेकाे राष्ट्रपतिका प्रेस संयाेजक खिला कार्कीले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।
गएको वैशाख ६ गते स्वास्थ्यमा समस्या आएपछि उहाँ उपचारका लागि भारत जानुभएको थियो । उहाँ अस्ति आइतवार राति स्वास्थ्यमा सुधार आएपछि स्वदेश फर्कनु भएकाे हाे ।
राष्ट्रपति पौडेललाई डाक्टरले केही हप्ता आराम गर्न सुझाव दिएका छन् । पेट र छातीमा समस्या देखिएपछि उहाँ उपचारका लागि भारत जानुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कुसुम वाईबा
May 2, 2023, 2:55 p.m.चाहाना भन्न मिल्छ जस्तो लागेन किनकि सबैले कुरा उठाएपछि को वाध्यतापुर्ण निर्णय हो यो।🤔