नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिए पनि उत्साहित छु : प्रशिक्षक देसाई

 वैशाख १९, २०८० मंगलबार १७:३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले नेपाली टाेलीले एसीसी मेन्स प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाउँदा खेलाडीकाे प्रदर्शनमा आफू सन्तुष्ट रहेको बताएका छन् । 

मङ्गलवार फाइनल खेलमा नेपालले यूएईलाई हराउँदै एसिया कपमा स्थान बनाएसँगै खेलाडीको प्रदर्शनलाई प्रशंसा गर्दै प्रशिक्षक देसाईले सन्तुष्ट रहेको बताएका हुन् । उनले एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भए पनि सेप्टेम्बरमा आयोजना हुने प्रतियोगिताका लागि आफू उत्साहित रहेको प्रतिक्रिया दिए । प्रशिक्षक देसाईले एसिया कपसम्मको यात्रा तय गर्न निकै मेहनत गरेको र टोली सम्हालिसकेपछि खेलाडीहरूले प्रमाणित गर्न निकै मेहनत गरेको बताए । 

भारतीय मूलका प्रशिक्षक देसाईको आगमनपछि नेपालले पछिल्लो समय ठूला प्रतियोगितामा राम्रो नतिजा निकालिरहेको छ । दुई महिनामा उत्कृष्ट लयमा रहेको नेपालले लगातार १० खेलमा जित हात पारेको छ । आईसीसी विश्व कप लिग–२ को पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल विश्व कप छनोटमा पुगेको थियो भने धराशायी भएको नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले रोमाञ्चक सफलता हात पारेको थियो ।

नेपालमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालसहित १० टोलीले सहभागिता जनाएका थिए । आयोजक एसीसीले सहभागी टाेलिलाई दुई वटा समूहमा विभाजन गर्दै खेलाएको थियो । जसबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गरेका थिए । प्रतियोगिता कीर्तिपुरकाे त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना भएका थिए । यससँगै मूलपानी क्रिकेट मैदानले एकदिवसीय मान्यता पाएकाे छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया