दार्चुलामा हिमपहिरो, केही व्यक्ति पुरिएको शङ्कामा खोजी सुरु

 वैशाख १९, २०८० मंगलबार १७:८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – दार्चुलामा आज मङ्गलवार दिउँसाे हिमपहिरो गएको छ । व्यास गाउँपालिका वडा नम्बर १ छाङ्गरुको भोलिनमा हिमपहिरो गएको र केही व्यक्ति पुरिएको शङ्काकाे आधारमा खोजी कार्य सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले उज्यालोलाई जानकारी दिनुभयो ।

भोलिनमा सात/आठ जना व्यक्ति यार्सागुम्बा टिप्न गएको र टेन्टमा बसेको खबर प्राप्त भएको तर उनीहरू हिमपहिरोमा परे/नपरेको यकिन नभएको उहाँले बताउनुभयो । व्यास–१ मै रहेको सशस्त्र प्रहरी चौकीबाट २५ जनाको टोली घटनास्थलतर्फ गएको उनीहरू पुगेपछि बेलुका क्षतिबारे थाहा हुने पनि धामीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया