बलिया देशसँग बहुप्रतिक्षित प्रतियाेगिता खेल्न पाउनु नेपालका लागि माैका : कप्तान पाैडेल

 वैशाख १९, २०८० मंगलबार १७:२१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले बलिया देशसँग बुहप्रतिक्षित प्रतियोगितामा खेल्न पाउनु नै नेपालका लागि मौका भएको बताएका छन् ।

मङ्गलवार फाइनल खेलमा नेपालले यूएईलाई हराउँदै एसिया कपमा स्थान बनाएसँगै कप्तान पाैडेलले बलिया टोलीविरुद्ध पनि राम्रो खेल्दै पछिल्लो समय हात पारेको नतिजालाई सन्तुलनमा ल्याउने बताए ।

पाैडेलले एसिया कपमा नेपालले स्थान बनाउँदै गर्दा टोलीको मेहनत र प्रशिक्षकको भूमिका तारिफयोग्य रहेको प्रतिक्रिया दिए । प्रशिक्षकको योजनाअनुसार खेल्दा टोलीले राम्रो नतिजा निकाल्न सफल भएको भन्दै उनले एसिया कप नेपाली टोलीका लागि 'एक्सपोजर' भएको बताए । 

अहिले एसिया कप आयोजना सम्बन्धमा धेरै विषय उठिरहेको अवस्थामा जुनकुनै ठाउँमा भए पनि त्याे प्रतियाेगिता हुनुपर्ने पाैडेलले बताए । एसिया कप आउँदाे सेप्टेम्बरमा पाकिस्तानमा हुने तालिका छ ।

यस्तै फाइनलमा यूएईसँगकाे खेलमा सम्हालिएको प्रदर्शन गरेका गुलशन झाले योजनाअनुसार ब्याटिङ गर्न क्रिजमा पुगेको र प्रशिक्षकको योजनाअनुसार खेल्दा नतिजा निकाल्न सफल भएको प्रतिक्रिया दिए । उनले तेस्राे नम्बरमा ब्याटिङ गर्दै भीम सार्कीसँग उत्कृष्ट साझेदारी गरेका थिए । झाले करियरकै उत्कृष्ट ब्याटिङ गर्दा खेलकाे 'प्लेयर अफ दि म्याच' पनि घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका सन्दीप लामिछानेले नेपाली टोली यहाँसम्म आइपुग्न खेलाडीको अथक मेहनत र प्रशिक्षकको भूमिका निकै महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिए । नेपालले एसिया कपमा स्थान बनाएसँगै बलिया टोलीसँग खेल्ने अवसर आएको उनले बताए । लामिछानेले नेपाली टोलीलाई प्रतिकूल मौसममा पनि साथ दिएको र दर्शकको साथबाट नै घरेलु मैदानमा पाहुना टोलीलाई हराउन सहज भएको बताए ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया