बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै – अप्रिल महिनामा झन्डै एक लाख जना पर्यटक नेपाल आएका छन् । अप्रिलमा ९८ हजार सात सय ७३ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।
अघिल्लो वर्षको अप्रिलमा ६१ हजार पाँच सय र कोरोना सुरु हुनुअघि सन् २०१९ को अप्रिलमा एक लाख नाै हजार जना पर्यटक नेपाल आएका थिए । अहिले कोरोना सुरु हुनुअघिको तुलनामा ९० प्रतिशत पर्यटक नेपाल आएका र यो निकै खुसीको विषय भएको बोर्डले जनाएको छ ।
अप्रिलमा नेपाल आउनेमध्ये सबैभन्दा धेरै भारतबाट ३१ हजार चार सय जना, अमेरिकाबाट आठ हजार चार सय जना, बेलायतबाट पाँच हजार चार सय र चीनबाट चार हजार सात सय जना पर्यटक रहेका छन् । चीनबाट मार्च महिनामा २६ सय जना पर्यटक आएकोमा अहिले चीनले नेपाललाई घुम्ने सूचीमा राखेसँगै अप्रिलमा यो सङ्ख्या बढेर ४७ सय जना पुगेको हो ।
सन् २०२३ अर्थात् यो वर्षको चार महिनामा तीन लाख २६ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् । यो वर्षको जनवरीमा ५५ हजार, फेब्रुअरीमा ७३ हजार दुई सय, मार्चमा ९९ हजार चार सय र अप्रिलमा ९८ हजार सात सय जना पर्यटक नेपाल भित्रिएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।