बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
दार्चुला – दार्चुलामा हिमपहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् । व्यास गाउँपालिका–१ भोलुम भन्ने ठाउँमा हिमपहिरो जाँदा पाँच जना यार्सा सङ्कलक पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
हिमपहिरोमा परेर यार्सा सङ्कलक बेपत्ता भएको खबर आएपछि सितापुल प्रहरी चौकीबाट गएको प्रहरी टोली तीन/चार घण्टापछि केहीबेरअघि मात्र घटनास्थल पुगेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । १२ जना यार्सा सङ्कलक पालमुनि बसेको बेला एक्कासी हिमपहिरो आउँदा सात जना भने सकुशल रहेका उहाँले जानकारी दिनुभयो । बेपत्ता पाँच जनाको खोजी भइरहेको छ ।
घटनास्थलमा अहिले पनि हिमपात भइरहेकाले बेपत्ताहरूको खोजीमा समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो । सकुशल भेटिएकाहरूलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेकाे उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।