बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै – हिमाली जिल्ला दार्चुला र बझाङमा हिमपहिरोमा परि बेपत्ता ६ जनाको बिहानैदेखि खोजी सुरु भएको छ ।
दार्चुलामा चार जना महिला र एक पुरुष गरी ५ जना तथा बझाङमा एक महिला गरी ६ जना बेपत्ता छन् । उनीहरु सबै यार्सा टिप्न पाटन गएका बेला हिजो दिउँसो हिमपहिरोमा परेका थिए । दार्चुलाको भोलिङमा हिमपहिरोमा परी बेपत्ता हुनेमा डोटीको जोरायल–२ बुडरका नक्नी डोमा थापा, ईश्वरी थापा, क्षिभी सोमो थापा तथा दार्चुला दुहु–४ का कमला कुँवर र प्रवीण कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
भोलिङमा हिमपहिरो खसेको खबर पाएपछि व्यास–१ छाङरुमा रहेको नेपाल प्रहरी र सशस्त्रको गुल्मबाट हिजो नै उद्धारका लागि टोली गएको थियो । तर हिजो बेलुका अबेरसम्म अवस्था थाहा हुन नसकेपछि फर्किएको टोली आज बिहानै फेरि खोजीमा गएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले जानकारी दिनुभएको छ । अहिले पनि भोलिङ क्षेत्रमा पानीसँगै हिमपात भएकाले खोजी तथा उद्धार कार्यमा कठिनाइ भएको छ । हिमपहिरोमा पुरिएका १२ जनामध्ये ७ जनाको सकुसल उद्धार गरिएको थियो । जोरायल–२ का खुर्पा थापा, छप्तेन थापा, पासाङ छरपेल बिष्ट, धुक्तेल थापा, हुम्लाको नाम्खा–५ का लाक्पा ग्याल्बो तामाङ, दार्चुला दुहु–४ का कलावती कार्की र अर्जुन कार्कीको सकुशल उद्धार गरिएको हो ।
त्यस्तै बझाङको पार्थी हिमाल क्षेत्र पुगेकी सुर्मा–१ देवडीकी झल्लादेवी बोहोराको अवस्था थाहा हुन सकेको छैन । उहाँको पनि बिहानैदेखि खोजी भैरहेको बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।