बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डौ – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज पनि लगनखेलतिर तानिँदैछ । हिजो रथलाई लगनखेलतर्फ लैजानको लागि चक्रबहिलबाट तानिएकोमा तंगलसम्म मात्र पुर्याउन सकेको हो ।
आज पनि लगनखेलतर्फ लैजानको लागि रथयात्रा हुनेछ । विगतका वर्षहरूमा सुन्धाराबाट लगनखेलसम्मको यात्रा दुई दिनको हुने गरेकोमा यसपालि रथमा समस्या भएकोले यात्रा लम्बिएको छ। सुन्धाराबाट लगनखेलसम्मको यात्रा आइतबार शुरू भएको हो भने त्यस दिन रथलाई थपाहितिसम्म मात्र तान्न सकिएको थियो । थपाहितिमा राखिएको रथलाई क्रेनको सहयोगले सोझ्याएपछि लगनखेलतर्फ लैजानको लागि सोमबार तानिएको थियो । त्यस दिन रथलाई चक्रबहिलसम्म मात्र तान्न सकिएको थियो ।
हिजो रथ चक्रबहिलबाट तानेर तंगलसम्म मात्र पुर्याउन सकेको थियो । जात्राको पहिलो दिन नै रथ देब्रेतिर ढल्किएर समस्या भएको थियो भने त्यसबेलादेखि नै रथ देब्रेतिर ढल्किरहेको छ। आज पनि मर्मत गरेर लगनखेल पुर्याउन रथ तान्नको लागि तयारी भएको छ । यस वर्षको रथयात्रा गएको सोमबार बैशाख ११ गते शुरु भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।