धनुषामा पोखरीमा डुबेर जुम्ल्याहा बालकको ज्यान गयो

 वैशाख २४, २०८० आइतबार ११:३५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धनुषामा पोखरीमा डुबेर एकै घरका दुई बालकको ज्यान गएको छ।

जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हिजो बेलुका जनकपुर–२४ बसहियामा रहेको गोगलप्रसाद नमूना मावि अगाडि रहेको पोखरीमा नुहाउने क्रममा उनीहरु डुबेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया