‘ए’ डिभिजन लिग : मच्छिन्द्रले एपीएफलाई हरायो, आर्मी र सङ्कटाको बराबरी

 वैशाख २४, २०८० आइतबार १७:५१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्र क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई  २–१ गोलले हरायो । मच्छिन्द्रका ओलावाले हाफिज र ओमालाजा करिमले गोल गरे । एपीएफका अर्माण्ड विडोमले गोल फर्काए ।

जितसँगै मच्छिन्द्र २४ अङ्कसहित चौथो स्थानमा पुगेको छ । १९ अङ्क रहेको एपीएफ नवौँ स्थानमा छ ।  

आजै  एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा त्रिभुवन आर्मी र सङ्कटा क्लबबीचको खेल १–१ गोलको बराबरीमा सकिएको  छ ।

आर्मीका भरत खवासले गोल गरेर टोलीलाई जिततर्फ डोहाेर्याए पनि सङ्कटाका युसुफ प्याट्रिसले इन्जुरी समयमा गोल गरेर खेल बराबरीमा ल्याए । आर्मी २१ अङ्कसहित छैटाैँ स्थानमा पुगेको छ । १७ अङ्कसहित सङ्कटा दशौँ स्थानमा छ। 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया