नेपाल थाइल्यान्डसँग ५ रनले पराजित, त्रिदेशीय महिला टी–२० शृङ्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – तीव्र गतिको हावा चल्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलनमा जहाज उडान र अवतरण प्रभावित भएको छ ।
अहिले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका जहाज काठमाण्डौ, बारा, मकवानपुरमाथिको आकाशमा फन्काे लगाइरहेका छन् । काठमाण्डौमा विदेशबाट आएका जहाज दक्षिणबाट अवतरण हुने र अहिले दक्षिणबाटै हावा चलेका कारण अवतरणमा समस्या आएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।
तीव्र गतिकाे हावा चल्दा दाेहाबाट आएकाे कतार एअरवेज, दिल्लीबाट आएकाे विस्तारा र इन्डिगाे, जापानबाट आएकाे नेपाल एअरलाइन्स र दुबईबाट आएकाे फ्लाई दुबई लगायतकाे जहाज अवतरण गर्न नसकेका हुन् । फ्लाई दुबईकाे जहाज 'ओभरशुट' नै गरिएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।