उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
बंगलादेशविरूद्धकाे टि-२० श्रृङ्खला अफगानिस्तानले क्लिन स्वीप गरेकाे छ ।
अन्तिम खेलमा १ रनकाे राेमाञ्चक जित हात पार्दै अफगानिस्तानले श्रृङ्खला ३-० ले कब्जा गरेकाे हाे ।
भारतको देहरादुनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउदै १४५ रन बनाएका थियो । अफगानिस्तानका लागि समिउल्लाह सेनवारीले २८ बलमा अविजित ३३ रन, कप्तान अस्गर स्टानिक्जाईले१७ बलमा २७ रन, मोहम्मद शहजादले २२ बलमा २६ र उस्मान घानीले २६ बलमा १९ रन जाेडेका थिए ।
बलिङतर्फ नाज्मुल इस्लाम र अबु जायदले २-२ विकेट लिएका थिए ।
१४६ रनकाे लक्ष्य पछ्याएकाे बंगलादेश २० अाेभरमा ६ विकेट गुमाउँदै १४४ रनमा समेटियाे । अन्तिम ओभरमा बंगलादेशलाई जितका लागि ९ रन आवश्यक थियो । तर राशिद खानले कसिलो बलिङ गर्दै दुई विकेट झारेर ७ रनमात्र दिए । बंगलादेशका मुस्फिकुर रहिमले ३७ बलमा ४६ रन बनाए भने महमुदुल्लाहले ३८ बलमा ४५ र सौम्य सरकारले १३ बलमा १५ रन बनाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।