गाजामा ५ करोड टनभन्दा बढी भग्नावशेष हटाउन ५ वर्षसम्म लाग्न सक्ने
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकाता नाइट राइडर्स विजयी भएको छ । गएराति भएको खेलमा काेलकाताले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको हो । चेन्नईले जितका लागि दिएको १४५ रनको लक्ष्य काेलकाताले ९ बल बाँकी छँदै भेट्टायो ।
काेलकाताका लागि नितिश राना र रिंकु सिंहले अर्धशतकीय पारी खेले । रानाले ५७ र सिंहले ५४ रनको योगदान दिए । चेन्नईका दीपक चहरले तीन विकेट लिए । यस अघि चेन्नईले ६ विकेट गुमाएर १४४ रन जोडेको थियो । चेन्नईका शिवम् दुबेले सर्वाधिक ४८ रन बनाए ।
यस्तै, देवन कन्वेले ३०, रविन्द्र जडेजाले २० र ऋतुराज गायकवाडले १७ तथा अजिन्का रहानेले १६ रन जोडे । काेलकाताका लागि वरुण चक्रवर्ती र सुनिल नरैनेले दुई/दुई तथा वैभव अरोरा र शार्दुल ठाकुरले एक/एक विकेट लिए । विजयी काेलकाेता १३ खेलमा १२ अङ्कसहित साताैँ स्थानमा रहेकाे छ भने १३ खेलमा १५ अङ्क जाेडेकाे चेन्नई दाेस्राे स्थानमा रहेकाे छ।
यसअघि हिजोको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरले राजस्थान रोयल्सलाई १ सय १२ रनको फराकिलो अन्तरले हराएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।