गाजामा ५ करोड टनभन्दा बढी भग्नावशेष हटाउन ५ वर्षसम्म लाग्न सक्ने
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पञ्जाब किङ्ग्सलाई १५ रनले हराएको छ ।
गएराति धर्मशालामा भएको खेलमा २ सय १४ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९८ रन मात्रै बनायो । उसका लियाम लिभिङस्टोनले ९४ तथा अथर्व तैडेले ५५ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।
दिल्लीका इशान्त शर्मा र एनरिच नोर्कियाले समान २/२ विकेट लिए । खलील अहमेद र अक्षर पटेलले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो । उसका राइली रोसोउ सर्वाधिक ८२ रनमा अविजित रहे ।
त्यस्तै, पृथ्वी शाले ५४ र डेविड वार्नरले ४६ रन जोडे । पञ्जाबका साम करनले २ विकेट लिए । यो हारसँगै पञ्जाबको प्लेअफ सम्भावना अङ्क गणितीय मात्रै बाँकी रहेको छ । १३ खेलमा १२ अङ्क रहेको पञ्जाब तालिकाको आठौँ र समान खेलमा १० अङ्क रहेको दिल्ली नवौँ स्थानमा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।