मिथिलाञ्चलमा आज बरसाइत पर्व मनाइँदै

 जेठ ५, २०८० शुक्रबार ८:७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - मिथिलाञ्चलमा आज बरसाइत अर्थात् बटसावित्री पर्व मनाइँदैछ ।

जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ । दाम्पत्य जीवनको सुख समृद्धिका लागि यो पर्व मनाउने गरिएको छ । नवविवाहिता महिलाले पहिलो बरसाइत अर्थात् बिहेपछि आउने पहिलो पर्व श्रीमानकाे घरमा मनाउनुपर्छ ।

यस पर्वको दिनमा बिहानै विवाहित महिलाले नदी अथवा पोखरीमा स्नान गरी बट वृक्षमुनि सावित्रीको पूजा आराधना गरेर धुमधामका साथ मनाउने गरिन्छ । विभिन्न फलफूल, अक्षता, धुप, दीपसहित विवाहित महिला गीत गाउँदै बट वृक्ष भएको ठाउँमा गएर सावित्रीको पूजा गर्छन् । पर्वमा पार्वती, सावित्री र नागको पनि पूजा गरिन्छ ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Kridhna Kumar Thakuri

    May 19, 2023, 10:30 a.m.

    निकै मार्मिक

  •  0 Reply

तपाईको प्रतिक्रिया