नेपालको व्यापार वृद्धिका लागि एडीबीको ३० करोड डलर

 जेठ ५, २०८० शुक्रबार १३:४६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

एसियाली विकास बैंक (एडीबी) ले नेपालको अन्तर्राष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न ३० करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । भारत र बङ्गलादेशसँगको व्यापारिक मार्ग सुधारका निम्ति त्याे रकम ऋण उपलब्ध गराउने निर्णय भएको हो । 

दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग काेरिडोरको हिस्साको रूपमा पूर्व–पश्चिम राजमार्ग नजिक सडक परियोजना सञ्चालन हुने एडीबीका यातायात विशेषज्ञ सिन वाइ चोङले बताएका छन् । 

मनिलामा रहेकाे बैंकको प्रधान कार्यालयले बुधवार त्याे ऋण स्वीकृत गरेको हो । अब बन्ने अन्तर्राष्ट्रियस्तरको त्याे सडकमा ट्राफिक सङ्केत, सडक बत्ती, पैदलमार्ग, प्रकाश प्रणाली, बस बिसौनी, पैदलयात्री क्रसिङलगायत सबै पूर्वाधार हुनेछन् ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया