‘सस्तो भयो भन्दैमा तरकारी खेर नफालौँ, पछिका लागि जोगाएर राखौँ’
माघ ११, २०८१ शुक्रबार
काठमाण्डौ – डिजेलको भाउ घटेको ९ दिन भैसक्दासमेत छोटो दुरीको भाडा अझै घट्न सकेको छैन ।
नेपाल आयल निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो ।
लगत्तै सरकारले लामो दुरीको भाडा समायोजना गरेको थियो । तर छोटो दुरीको भाडा अहिलेसम्म घट्न सकेको छैन ।
लामो दुरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दुरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।
बाग्मती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले गाडी भाडा घटाउने अन्तिम तयारी गरिरहेको दाबी गरेको छ ।
काठमाण्डौ उपत्यकाभित्र ५ दशमलव ९० प्रतिशतले तथा उपत्यका बाहिर छोटो दुरीका सार्वजनिक गाडीमा ४ दशमलव १८ प्रतिशत र मालबाहक गाडीमा ५ दशमलव ६९ प्रतिशतले घटाउन लागिएको मन्त्रालयका सचिव अस्मान तामाङले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार समायोजनको अन्तिम तयारीमा रहेको यो भाडादर आजै राजपत्रमा प्रकाशित गर्ने गरी गृहकार्य भैरहेको छ ।
आज राजपत्रमा प्रकाशित भए भोलिदेखि नै घटेको भाडा लागू हुनेछ । प्रदेश सरकारले भाडादर समायोजनमा ढिलाइ गर्दा यात्रु मर्कामा परेका छन् । यात्रुले पहिलेकै महँगो भाडा तिरिरहेका छन् ।
यसअघि डिजेलको भाउ बढेको बेला लामो दुरीको गाडीभाडा बढेर छोटो दुरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए ।
गएको चैत २० गते डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १०/१० र पेट्रोलमा ३ रुपैयाँ मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँले भाउ घटाएको थियो । घटेको मूल्य अनुसार डिजेलको मूल्य लिटरको एक सय ५५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दुरीको गाडी भाडा बढेको थियो । बढेको भाडा अनुसार यात्रुले काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै २० रुपैयाँ भाडा तिर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।