इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
उत्तर कोरियाले जासुसी भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । संयुक्त राज्य अमेरिका र उसका साझेदारहरूको सैन्य गतिविधिलाई वास्तविक समयमा निगरानी गर्न आवश्यक रहेको भन्दै आउँदो महिना एक जासुसी उपग्रह प्रक्षेपण गर्ने पुष्टि गरेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
जापानले यसै हप्तामात्रै उत्तर कोरियाले भू–उपग्रह प्रक्षेपणको तयारी गरिरहेको बताएको थियो । जापानले यदि उत्तर कोरियाले अब पनि जासुसी भू–उपग्रह र ब्यालेस्टिक मिसाइल परीक्षण गरेमा परिणाम राम्रो नहुने बताउँदै आएको छ ।
उत्तर कोरियाली केन्द्रीय समाचार एजेन्सीले सत्तारूढ दलको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष रि प्योङ चोललाई उद्धृत गर्दै नयाँ भू–उपग्रहले सैन्य सवारी साधन, विमान र पानी जहाजको निगरानी गर्ने बताउनुभएको छ । अमेरिका र उसका सहयोगीहरूका कारण भइरहेको बढ्दो सुरक्षा जोखिमलाई ध्यान दिएर यस्तो निर्णय भएको उहाँको भनाइ छ ।
उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया र जापानले कोरियाली प्रायद्वीप र यसको वरपरका क्षेत्रमा शत्रुतापूर्ण हवाई जासुसी गतिविधिहरू सञ्चालन गरेको आरोप पनि लगाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।