काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - पोखराको फेवातालमा भएको ‘ड्रागन बोट रेस’ को उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको छ । दक्षिण एसियामै पहिलोपटक नेपालमा भएको ‘ड्रागन बोट रेस’ का पाँच सय र दुई सय मिटरतर्फ दुवै उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको हो ।
दुवै दूरीमा नेपाल एसोसिएशन अफ र्याफ्टिङ एजेन्ट्स (नारा) को टोली उपविजेता भएको छ । दुवै दूरीमा चीनको युनान तेस्रो भएको छ । उपाधि विजेता सिचुवानले दुवै विधामा गरी ११ लाख रुपैयाँ र उपविजेता नाराले दुवै विधामा गरेर ७ लाख रुपैयाँ हात पार्यो।
तेस्रो हुने युनानले ४ लाख रुपैयाँ पुरस्कारस्वरुप प्राप्त गर्यो । बोट रेसमा चीनका चार र नेपालका चार गरी ८ टिम सहभागी थिए । विजयी टिम र खेलाडीलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, पोखरा महानगर मेयर धनराज आचार्य लगायतले पुरस्कार प्रदान गर्नुभएको छ ।
दक्षिण एसियामै नेपालमा पहिलो पटक भएको ड्रागन बोट रेसले पोखरामा मात्रै नभइ नेपालकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने व्यवसायीले जनाएका छन् । चीनमा यो खेल निकै चर्चित भएकाले नेपालमा आयोजना हुँदा चीनमा नेपालबारे पर्याप्त प्रचार भएको व्यवसायीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।