आयुष्मानको ‘बधाई हो’ ले एक हप्तामै तोड्यो अजय र अक्षयको फिल्मको रेकर्ड

 कात्तिक १०, २०७५ शनिबार १९:३०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड फिल्म निर्देशक अमित शर्माको फिल्म ‘बधाइ हो’ ले प्रदर्शनको एक हप्ता पूरा गरिसक्दा पनि दर्शकहरुको साथ र माया निरन्तर पाइरहेको छ । 

एक हप्तामा फिल्मकाे आम्दानी अपेक्षा गरिएभन्दा बढी नै भैरहेको छ ।

अभिनेता आयुष्मान खुराना र सान्या मल्होत्रा अभिनित यस फिल्मले ६६.१० करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ । यसका साथै फिल्म ‘बधाई हो’ सन् २०१८ को पहिलो हप्तामै धेरै आम्दानी गर्ने फिल्महरुको लिष्टमा सातौं नम्बरमा आएको छ । 

यस फिल्मले अभिनेता अजय देवगनको ‘रेड’ र अक्षय कुमारको ‘प्याड म्यान’ को रेकर्डलाई तोडिदिएको छ । 

सन् २०१८ मा पहिलो हप्तामै २०२.५१ करोडको व्यापार गर्दै फिल्म ‘सञ्जु’ पहिलो स्थानमा रहेको छ भने दोस्रो स्थानमा १६६.५० को व्यापार गर्दै फिल्म ‘पद्मावत’ रहेको छ । 

त्यसैगरी फिल्म ‘रेस ३’ तेस्रो, ‘बागी २’ चौथो, ‘गोल्ड’ पाँचौं, ‘सत्यमेव जयते’ छैठौं, फिल्म ‘बधाई हो’ सातौं, ‘रेड’ आठौँ, ‘प्याड म्यान’ नवौं र फिल्म ‘सुई धागा’ दशौं स्थानमा रहेका छन् । 

यसका साथै फिल्म ‘बधाई हो’ ले प्रदर्शनको एक हप्तामै धेरै व्यापार गर्दै अभिनेता आयुष्मान खुरानाका फिल्महरुमध्ये पहिलो हप्तामै सर्वाधिक व्यापार गर्ने फिल्म बनेको छ । 

यसअघि आयुष्मानका कुनै पनि फिल्मले यस्तो व्यापार गरेको थिएन । साथै फिल्म समीक्षकहरुले यस फिल्मले सजिलै १०० करोडको व्यापार पूरा गर्ने बताएका छन् । 

यस फिल्ममा अभिनेता आयुष्मान खुरानाका साथै नीना गुप्ता, सान्या मल्होत्रा, गजराज राव लगायतका कलाकारको अभिनय रहेको छ । 

फिल्मको स्क्रिप्टमा यी सबै कलाकारको भूमिका निकै सान्दर्भिक ढंगले लेखिएको छ भने यी कलाकारले गरेको अभिनयले दर्शको मन जित्न सफल भएको छ  ।
 यसै कारण यस फिल्मले प्रदर्शनको एक हप्ता बितिसक्दा दर्शकहरुलाई फिल्म हलसम्म तानिरहेको छ । 
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया