नागरिकका पीर मर्का बुझ्न देश दौडाहामा छु : प्रचण्ड
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बिहीवार राष्ट्रिय सभा बैठकमा मन्त्री ज्वालाले अध्ययनविना डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक विपत्ति भइरहेका भन्दै असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । उहाँले डोजरे विकासका कारण सयौँ बिघा खेतीयोग्य जमिन पुरिने र पुल तथा पूर्वाधारमा क्षति हुने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘निश्चय पनि सडक निर्माण एक प्राविधिक विषय हो । विना अध्ययन डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक विपत्ति हुँदै गइरहेको कुरा सत्य हो । कठिन भू–बनोटबाट सडक निर्माण गर्नुपर्ने, चलायमान पहाडको पाखामा सडक निर्माण गर्नुपर्ने, सडक निर्माणका क्रममा निस्किएका ढुङ्गा माटोको उचित व्यवस्थापन नहुँदा त्यस्तो डोजरे विकासले सयौँ बिघा खेतीयोग्य जमिन पुरिने र बहुमूल्य पुल तथा पूर्वाधारमा क्षति हुने गरेको छ । हामी असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न प्रतिबद्ध छौँ ।’
मन्त्री ज्वालाले नारायणघाट–मुग्लिन सडक खण्डमा पहिरोका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानमा उपाय खोजी गरी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै पृथ्वी राजमार्गको नौबीसे–काठमाण्डाै सडक खण्डको पनि विस्तार कार्य अगाडि बढाइरहेको उहाँले बताउनुभयो ।
उहाँले काठमाण्डाैलगायत विभिन्न राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्नका लागि सम्बन्धित निकायलाई मन्त्रालयले निर्देशन दिएको पनि बताउनुभयो । त्यस्तै सवारी चालक अनुमतिपत्र सेवाग्राहीलाई छिटोभन्दा छिटो उपलब्ध हुने व्यवस्था गरिने पनि मन्त्रीकाे ज्वालाकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।