काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – नेपाली क्रिकेट सङ्घ (क्यान) ले एसिया कप २०२३ का लागि नेपाली टाेलीकाे घाेषणा गरेकाे छ । आज साेमवार नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक माेन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
एसिया कप अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ । समूह 'ए' मा नेपालसहित भारत र पाकिस्तान छन् । यस्तै समूह 'बी' मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।
नेपालले पहिलो खेल अगस्ट ३० मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । यस्तै नेपालले दाेस्राे खेलमा सेप्टेम्बर ४ मा भारतसँग श्रीलङ्कामा खेल्नेछ । नेपालले पहिलाे पटक एसिया कप खेल्न लागेकाे हाे ।
हरेक समूहका शीर्ष दुई टोली 'सुपर ४' मा पुग्नेछन् । 'सुपर ४' पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।
एसिया कपअघि नेपालले पाकिस्तानकाे कराँचीमा स्थानीय टिमसँग अभ्यास खेल खेल्नेछ ।
यस्ताे छ नेपाली टिम :
राेहितकुमार पाैडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलसन झा, आरिफ शेख, साेमपाल कामी, प्रतिस जिसी, किशाेर महताे, सन्दीप जाेरा, अर्जुन साउद र श्याम ढकाल ।
तस्बिर : क्यान
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।