महानगरविरुद्ध नारा : ‘शहर सबैका लागि कि धनीका लागि मात्रै ?’

 भदौ ३, २०८० आइतबार १७:२९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले सडक व्यापारीलाई विस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरूले आन्दोलन गरेका छन् । सडक व्यापार गर्ने साना व्यवसायीहरूले महानगरपालिकाले आफूहरूलाई विस्थापित गर्न खाेजेकाे भन्दै आज आइतवार काठमाण्डाैमा भेला भई प्रदर्शन गरेका हुन् ।

महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साइकल, ठेलागाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरूले आन्दाेलन गरेका हुन् । व्यवसायीहरूको आन्दोलनमा सहभागी कानुन व्यवसायी सुविन मुल्मीले महानगरले सडक व्यापारीहरूलाई गरिखान नदिएको दाबी गर्नुभयाे । उहाँले सडक व्यापारलाई कानुनले रोकेको अवस्था नरहेको बताउँदै महानगरले गैरकानुनी रूपमा व्यवसायीहरूको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरेको आरोप लगाउनुभयो ।

व्यवसायीहरूले ‘शहर सबैका लागि कि धनीका लागि मात्रै ?’, ‘गरी खान देउ’ लगायतका नारा लगाएर आन्दोलन गरेका छन् ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया