गौरा पर्वको दिन तोकेर आउनुस्, सार्वजनिक बिदा दिन्छौँ : देउवा

 भदौ ७, २०८० बिहीबार २०:६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको दिन तोकेर राष्ट्रिय बिदा दिने बताउनुभएको छ ।

आज बिहीवार गाैरा पर्वकाे अवसरमा काठमाण्डाैमा आयोजित एक कार्यक्रममा सभापति देउवाले गौरा पर्वको दिन तोकेर सल्लाह गरेर आए प्रधानमन्त्रीसँग आफूले गौरा पर्वमा बिदा दिन आग्रह गर्ने बताउनुभएको हो । उहाँले गौरा पर्वको तिथिभन्दा पनि दिन तोकेर बिदा दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गौरा पर्व नेपालमा सुदूरपश्चिमबाट, कर्णालीका साथै उत्तराखण्डको केही भागमा पनि मनाउने चलन छ । अहिले देशभर नै देउडा पर्व लाेकप्रिय भएको छ । गाैरा पर्वमा बिदाकाे सन्दर्भमा तपाईँहरूले दिन ताेकेर आउनुस्, त्यही दिन प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु, त्यही दिनमा राष्ट्रिय गौरा पर्व मनाउने घोषणा गर्नुहुनेछ प्रधानमन्त्रीले । तिथिको आधारमा होइन, तिथि आज एउटा गते पर्छ, भोलि अर्को हुन्छ, त्यसैले दिन सल्लाह गरेर प्रधानमन्त्रीलाई भन्नेछु ।’

सभापति देउवाले गौरा पर्व देशका लागि गौरवको विषय भएको बताउनुभयो ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • कुबेर चन्द्र गौतम

    Aug. 24, 2023, 8:13 p.m.

    यो र्याले बा अहिले को प्रधान मन्त्री हुन र र्याले बुडाको येत्रो फुर्ती जाउ बुढा श्रीमती जोगाउ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया