दरबार हाइस्कुलमा रोबोटिक्स, कृत्रिम बौद्धिकता र कोडिङ कक्षा

 भदौ ९, २०८० शनिबार ८:१५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) र कोडिङ कक्षा शुरु भएको छ । काठमाण्डौ महानगरपालिकाले गएको वैशाख १२ गतेदेखि शुरु गरेको बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन गरिएको हो ।

महानगरको सहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झाका अनुसार कोडिङ सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ब्लकमा आधारित कोडिङ सिकाइएको छ ।  त्यस्तै, कक्षा ७ र ८ मा विद्यार्थीलाई पाइथन प्रोग्रामिङ सिकाइएको छ ।

विद्यार्थीको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनोट गरिएको हो । कार्यक्रमबाट सामुदायिक विद्यालयमा प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्ने विश्वास छ । विद्यालयमा रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) का कक्षाहरू पनि चलिरहेका छन् ।

महानगरपालिकाका १४ वटा विद्यालयमा कोडिङ क्लब गठन भइसकेका छन् । उनीहरूका काम विश्वका एक सय ६० भन्दा धेरै देशमा क्लब सञ्जालमा जोडिन्छ । रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) र कोडिङ कक्षाले विद्यार्थीमा समस्या समाधान गर्ने प्राविधिक क्षमता विकास हुनेछ । यस्ता कक्षाबाट विद्यार्थीमा तार्किक क्षमता बढ्नेछ ।

चुनौती समाधानका लागि समूहगत कामको सिकाइ विकास हुने विद्यालयका प्रधानाध्यापक सारदा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षाका लागि बितेका हप्तामा अभिमुखीकरण गराइएको थियो । यी कक्षामा विद्यार्थीको रुची बढेको छ ।

काठमाण्डौ महानगरले विद्यार्थीलाई जीवनउपयोगी शिक्षा दिने उद्देश्यकासाथ गएको वैशाखदेखि ८९ वटै विद्यालयमा हरेक शुक्रवार अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया