उदयपुरगढीमा पहिरो जाँदा मदन भण्डारी लोकमार्ग अवरुद्ध

 भदौ ९, २०८० शनिबार १३:५३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

उदयपुर - उदयपुरगढी गाउँपालिका–६ मौवासी खोला नजिकै खसेकाे पहिरोका कारण मदन भण्डारी लोकमार्ग दुई दिनदेखि अवरुद्ध भएकाे छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहीवार रातिदेखिकाे निरन्तर वर्षाका कारण शुक्रवार बिहान उदयपुर गढीको मौवासी खोलाको पुल नजिकै पहिराे खसेकाे हाे । 

मदन भण्डारी लोकमार्गमा सडक अवरुद्ध भएपछि काठमाण्डौबाट पूर्व आउँदै गरेका गाडी उदयपुरकाे कटारी क्षेत्रमा रोकिएका छन् । पूर्वबाट काठमाण्डाैका लागि छुटेका गाडी उदयपुरको गाईघाटमा रोकिएका जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्र फुयाँलले बताउनुभयो । 

हिजाे बिहानैदेखि निरन्तर पहिराे खसिरहेका कारण सडक खुलाउन प्रयास भइरहे पनि अझै सञ्चालनमा आउन नसकेकाे सडक डिभिजनका प्रमुख (डिई) गोपालप्रसाद खकुरेलले बताउनुभयो । सडकमा माथिल्लो खण्डबाट पहिरोसँगै ठूला ढुङ्गासहित लेदो खसेका कारण समय लागेकाे उहाँले बताउनु भयाे । 

प्रहरीका अनुसार उदयपुरगढीको मौवासीमा पहिरोका कारण यसपालि तेस्राे पटक सडक अवरुद्ध भएको हो । 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया