आहा ! कति राम्रो  गोदावरी पुष्प मेला

 कात्तिक १५, २०७५ बिहीबार १६:१५:१२ | उज्यालो सहकर्मी

ललितपुर – गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । 

पुष्प व्यवसाय प्रवर्द्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्‍याउनका लागि प्रदर्शनी आयोजना गरिएको हो । 

पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायीहरुबीच प्रतिस्पर्धात्मक बनाउन भन्दै विगत ११ वर्ष देखि मेलाको आयोजना गरिएको फ्लोरीकल्चर एशोसिएसनले बताएको छ ।

पुष्प उत्पादक कृषकहरुको आफ्ना उत्पादनको बजार क्षेत्र प्रदर्शनीको माध्यमबाट बढने विश्वाश गरिएको छ । गोदावरी फूलको विविध जाति प्रजातिहरुको प्रदर्शनी नै यो मेलाको मुख्य आकर्षण हो । 

मेलामा व्यावसायिक स्टल ४४, सूचनामूलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल एकसहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहेका छन् । 

मेलामा नयाँ–नयाँ प्रजातीका फूलहरुको प्रदर्शनी तथा बिक्री वितरण हुनुका साथै सयपत्री, मखमली तथा अन्य फूल बिरुवाहरुको समेत प्रदर्शनीमा राखिएका छन ।

 

तस्बिर - विकास गाेले/उज्यालाे 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया