गोरखा सैनिकलाई ब्रिटिश सरकारले समान व्यवहार गरेन : प्रधानमन्त्री

 भदौ १९, २०८० मंगलबार १९:१५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा सैनिकलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको बताउनुभएको छ ।

मङ्गलवार काठमाण्डाैमा आयोजित पूर्वगोरखा सैनिकको समस्या समाधानका लागि एकदिवसीय अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । उहाँले पहिलो र दोस्रो विश्वयुद्धका साथै ब्रिटिशको तर्फबाट लडिएका प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर देशको रक्षा, विस्तार र सेवामा समर्पित गोरखालीहरूलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको बताउनुभयो । उहाँले यो विषय नेपालीहरूका लागि गम्भीर सरोकार र चुनौतीको विषय बनिरहेको उल्लेख गर्नुभयो । उहाँले गोरखालीहरूले ब्रिटिश राज्यको हितको पक्षमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरे पनि ब्रिटिश सेनामा भर्ती भएका नेपालीहरूलाई तलब, सेवा सुविधा, पेन्सन लगायतका विषयमा समान व्यवहार हुन नसकेकोले सरकारले अहिले भारत र बेलायतसँग यसबारेमा आवश्यक छलफल गर्ने काम गरिरहेको बताउनुभयो ।

प्रचण्डले अहिले वैदेशिक रोजगारीमा गएका नेपालीहरूले पनि समान व्यवहार, श्रमको उचित मूल्य र आत्मसम्मान पाउन नसकेको स्वीकार गर्नुभयो । उहाँले भुतपूर्व गोरखा सैनिकको समस्या राष्ट्रिय स्तरबाट मात्र समाधान गर्न सक्ने मुद्दा नभएर बहुपक्षीय रूपमा उठाउनुपर्ने र समर्थन गर्नुपर्ने मुद्दा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिलो र दोस्रो विश्वयुद्धका साथै ब्रिटिशको तर्फबाट लडिएका प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर देशको रक्षा, विस्तार र सेवामा समर्पित गोरखालीहरूलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन सकेन । दिलाउन सकेको पनि छैन । यो हामी सबै नेपालीहरूका लागि गम्भीर सरोकार र चुनौतीको विषय बनिरहेको छ ।’

प्रधानमन्त्री प्रचण्डले गोरखा सैनिकको समस्या समाधानका लागि सरकारले जिम्मेवारपूर्ण ढङ्गले अभिभावकत्व प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँले अन्तर्राष्ट्रिय मञ्चमा जाँदा सम्बन्धित पक्ष र देशसँग गोरखा सैनिकको मुद्दाका बारेमा गम्भीर रूपमा प्रश्न उठाउने गरेको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया