भारत २ सय १३ रनमै अल आउट, श्रीलङ्काका स्पिनरले लिए सबै १० विकेट

 भदौ २६, २०८० मंगलबार १९:४७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसिया कप क्रिकेटकाे 'सुपर फाेर' मा भारतले श्रीलङ्कालाई २ सय १४ रनकाे सामान्य लक्ष्य दिएकाे छ ।

काेलम्बाेमा टस जितेर पहिले ब्याटिङ गरेकाे भारत ४९ ओभर १ बलमा २ सय १३ रन बनाउँदा अल आउट भयाे । भारतका लागि कप्तान राेहित शर्माले सर्वाधिक ५३ रन बनाए । यस्तै केएल राहुलले ३९, ईशान किशनले ३३ र अक्षर पटेलले २६ रन बनाए ।

बलिङतर्फ श्रीलङ्काका २० वर्षीय बलर दुनिथ वेलालेगेले ५ विकेट लिए । वेलालेगेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलाे पटक ५ विकेट लिएका हुन् । यस्तै चरिथ असलन्काले ४ र महीश थीकशानाले १ विकेट लिए । भारतकाे १० विकेट नै स्पिनरले लिए ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया