काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
रुकुम पश्चिम – भैसी पालन गरेर जिविकोपार्जन गर्दै आउनुभएका मुसिकोट नगरपालिका ११ भलाक्चाका तुलसीराम ओलीको भैंसी भदौमा मर्याे। परिवारको आयस्रोत बनेको भैंसी नै गुमाएपछि ओलीको आयस्रोत नै बन्द भयो । उहाँ निराश हुनुहुन्थ्यो तर, विहीबार उहाँले भैसीको बीमा बापतको ५४ हजार रुपैयाँ पाउनुभयो । भैंसीको बीमाको रकम उहाँको हातमा परेपछि खुशीको सीमा भएन ।
उहाँ जस्तै बाख्रापलनमा सक्रिय त्रिवेणी गाउँपालिका ६ मुरुकी भिमा पुन पनि पशु बीमाको रकम पाए खुशी हुनुभयो । उहाँका ३ ओटा बाख्रा निमोनियाको कारण असोजमा मरेका थिए । उहाँले ३६ हजारको चेक बुझ्दै भन्नभयो, ‘पशुको बीमा गर्दा बेलैमा आफ्नो गुमेको लगानी फिर्ता पाएँ ।’
ओली र पुन जस्तै रुकुम पश्चिमका ११ जना कृषकहरुले विहीबार लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रुकुम शाखाबाट पशु बीमा दावीको रकम प्राप्त गरेका छन् । कार्यालयमै बोलाएर रुकुमका ११ जना कृषकहरुलाई बीमा दाबीको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
बीमा कम्पनीका रुकुम शाखा प्रमुख मोतिलाल बोहराका अनुसार, १ जना भैंसी पालक किसान र अन्य भेडाबाख्रा पालनमा लागेका ११ जना कृषकहरुहरुको बीमा दाबी रकम महिना दिनमै उपलब्ध गराइएको छ । उहाँले जम्मा १ लाख ९५ हजारको पशु बीमा दाबी रकम एकै दिन वितरण गरेको जनाउनुभयो ।
कम्पनीका अनुसार, पशु बीमाको दाबी रकम पाउनेहरुमा मुसिकोट ४ का बीरबहादुर नेपाली, छिवांगका करुणा पुन, भलाक्चाका मनसरा खड्का, दिलसरा खड्का, योगमाया पुन, देविलाल खड्का र कर्णबहादुर ओली, पेउघाका उदीराम कसेरा रहेका छन् । त्यसैगरी रुकुम पूर्व तकसेराका जवाहरलाल बुढाले पनि बाख्राको बीमा वातप १६ हजार दुई सयको चेक पाउनुभएको छ ।
मृत्यु पश्चात् दाबी रकम नपाउने डरले किसानहरु पशु बीमा गर्दैनन् । पशुपालनमा लागेका कृषकहरु पशुहरु मर्दा लगानी गुम्ने चिन्तामा हुन्छन् । कम्पनीका शाखा प्रमुख बोहराले भन्नुभयो, – पशु बीमालाई पनि महत्व दिनु जरुरी छ । जसले गर्दा किसानमा पशुपालनप्रतिको रुची बढ्दै जान्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।