सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
टर्कीको शीर्ष डिभिजन लिगअन्तर्गत इस्तानबुल डर्बी खेलमा अराजकताको अवस्था देखिएपछि रेफ्रीले खेल सकिनुअघि तीन जना खेलाडीलाई रातो कार्ड देखाएका छन् ।
गलातासारे र फेनरबाचेबीच भएको खेलमा दुई टिमका खेलाडी हात हालाहालको अवस्थामा पुगेका थिए । गलातासारेको टर्क टेलिकम एरेनामा भएको खेलमा रायन डंक र मार्टिन लिनेसको गोलबाट घरेलु टिमले लिएको दुई गोलको अग्रतामा फेनरबाचेले पुनरागमन गर्दा माथियु भाल्बुएना र जेइलसनले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याएका थिए ।
खेलको अन्तिम समयका खेलाडीबीच मैदानमै झगडा भएपछि गलातासारेका बाडोउ एनदाई,तथा फेनरबाचेका रोबर्टो साल्डाडो र जेइलसनलाई रातो कार्ड देखाइएको थियो ।
२५ यार्ड टाढाबाट ७२औं मिनेटमा जेइलसनले बराबरी गोल गरेपछि खुसियाली मनाउने क्रममा घरेलु समर्थकलाई जिस्काएका थिए ।
त्यसपछि गलातासारेका अधिकांश खेलाडीले उनलाई लखेटेर मुक्का हानेका थिए । त्यसपछि उनी भागेर ड्रेसिङ रुमतर्फ भागेका थिए । तर पनि उनलाई गलातासारेका खेलाडीले लखेट्न छोडेनन् ।
यसबीचमा एनदाईले फेनर्बाचेका जेइलसनको घाँटीमा मुक्का हानेपछि उनलाई रातो कार्ड देखाइएको थियो । यो झगडामा रोबर्टो सोल्डाडोले युनेस बेलहान्दाको घाँटीमा समातेका थिए भने मार्टिन स्क्रटेलले मुक्का प्रहार गरे ।
मैदानमा झगडा भएपछि दर्शकहरु पनि एक–अर्काप्रति आक्रामक बनेका थिए । जसलाई प्रहरी नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीले कसरत गर्नु परेको थियो । एक जना समर्थक मैदानसमेत छिरे तर प्रहरीले उनलाई नियन्त्रणमा लियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।