एसियाली खेलकुदमा कराँतेकी सबिना श्रेष्ठ पराजित : प्रतियोगिता आज समापन हुँदै

 असोज २१, २०८० आइतबार ११:३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एसियाली खेलकुदको अन्तिम दिन कराँतेकी सबिना श्रेष्ठ पराजित भएकी छन् । ५० केजी मुनिको तौल समूहमा नेपालकी सबिना चीनकी लि रनरानसँग पराजित भएकी हुन् । अन्तिम–१६ का लागि भएको प्रतिस्पर्धामा सबिना ३–१ ले पराजित भइन ।

एसियाली खेलकुदमा हिजो एरिका गुरुङले कराँतेबाट ऐतिहासिक रजत पदक जितिन् । कबड्डीको महिला टोलीले काँस्य पदक जित्यो । १९औँ एसियाली खेलकुदमा चीनले २ सय १ स्वर्ण जितेको छ । चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान समेत बनाएको छ । यसअघि सन् २०१० मा ग्वाङझाउमा भएको एसियाली खेलकुदमा चीनले १ सय ९९ स्वर्ण जितेको थियो ।

यो प्रतियोगितमा चीनले समग्रमा २०१ स्वर्ण, १११ रजत र ७१ कांस्यसहित ३ सय ८३ पदक जितेर शीर्ष स्थानमा रह्यो । यस्तै जापान ५२ स्वर्ण ६७ रजत ६९ कांस्यसहित १ सय ८८ पदक जितेर दोस्रोमा भयो भने दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कांस्यसहित १ सय ९० पदक जितेर तेस्रोमा बनेको छ ।

यस्तै भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो । त्यस्तै ३८ रजत ४१ कांस्यसहित १ सय ७ पदक जितेर भारत चौथोमा रह्यो । एक रजत र एक कांस्य जितेको नेपाल ३३औँ स्थानमा रह्यो । ४५ देश सहभागी भएको १९ औँ एसियाली खेलकुद प्रतियोगिताको समापन समारोह आज बेलुका हुँदैछ । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया