चितवनको इच्छाकामनामा भत्ता दिन घरमै जनप्रतिनिधि

 कात्तिक ८, २०८० बुधबार १३:२४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

चितवन - चितवनको इच्छाकामना गाउँपालिकामा घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । 

इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीसहितको जनप्रतिनिधि र कर्मचारीको टोलीले आफ्नो वडाका सम्पूर्ण लाभग्राहीको घरघरमै पुगेर सामाजिक सुरक्षा वितरण गरेको हो ।
दशैँको समयमा सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले घरघरमै पुगेर सेवा प्रदान गरेको वडाध्यक्ष उप्रेतीले बताउनुभयो । वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता घरमै पुगेर लाभग्राहीलाई प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । 
    
भूगोलका कारण वृद्ध बाआमालाई हिँडेर बैंकसम्म पुग्न समस्या हुने भएका कारण वडा कार्यालयले सहजीकरण गर्दै वडाको माथिल्लो क्षेत्र स्याक्लाङ, पातिघारी, बाझगाउँ, कमलाबारी, कुरनभित्ता, बेलडाँडा, सोतागाउँलगायत ठाउँका घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष उप्रेतीले बताउनु भयाे । 

पछिल्लो समय सरकारको निर्देशानुसार पालिकाले अनिवार्यरुपमा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको अनिवार्य बैंकमा खाता खोली बैंकबाट वितरण गर्नुपर्ने हुँदा सेवाग्राहीलाई असहज भएकाले कतिपय स्थानीय सरकार र वडा कार्यालयले बैंकसँग सहकार्य गर्दै बैंकको कर्मचारीसहित गाउँघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छन् ।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफूसहित वडासदस्यलाई समेत परिचालन गरिएको वडाध्यक्ष उप्रेतीले बताउनुभयो । 'दशैँका लागि मात्रै हामीले भत्ता घरमा पुर्याउन लागेका होइनौँ', उहाँले भन्नुभयो, 'मैले शुरुदेखि नै सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउँदै आएको छु । हामी वडाका सबै जनप्रतिनिधि मिलेर सामाजिक सुरक्षा भत्ता घरमै लगेर दिन्छौँ ।' वडा कार्यालयबाट घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिँदा लाभग्राहीसमेत खुसी भएका छन् । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया