कालिमाटीमा काउली, बन्दा, मुला र गोलभेंडाको भाउ किलोमा ५० र...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे बेङ्लोरमा शुरु हुनेछ ।
इङ्ल्यान्ड र श्रीलङ्काले यसअघिका चार खेलमा समान एक/एक खेल जितेका छन् । समान दुई अङ्ककासाथ श्रीलङ्का तालिकाको सातौँ र इङ्ल्यान्ड आठौँ स्थानमा छ । इङ्ल्यान्ड पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा बङ्लादेशलाई हराएको थियो ।
त्यस्तै, तेस्रो खेलमा अफगानिस्तान र चौथो खेलमा दक्षिण अफ्रिकासँग हारेको थियो । श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग, दोस्रो खेलमा पाकिस्तानसँग, तेस्रो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो भने चौथो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो ।
हिजो भएको खेलमा अस्ट्रेलियाले विश्व कप क्रिकेट इतिहासकै ठूलो अन्तरको कीर्तिमानी जित निकालेको छ । नेदरल्यान्ड्स अस्ट्रेलियासँग ३ सय ९ रनको फराकिलो अन्तरले पराजित भयो । जितसँगै अस्ट्रेलियाको ६ अङ्क भएको छ । अस्ट्रेलिया अङ्क तालिकाको चौथो स्थानमा छ । १० अङ्कसहित भारत शीर्षस्थानमा छ । समान ८ अङ्ककासाथ दक्षिण अफ्रिका दोस्रो र न्युजिल्यान्ड तेस्रो स्थानमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।