इन्डोनेशियामा खोकीको प्राणघातक औषधि बनाएको अभियोगमा कम्पनी प्रमुखसहित चार जनालाई जेल सजाय

 कात्तिक १७, २०८० शुक्रबार ७:२:१० | एजेन्सी
unn.prixa.net

इन्डोनेशियामा दुई सय जना बालबालिकाको मृत्युसँग सम्बन्धित खोकीको औषधि उत्पादन गर्ने कम्पनीका प्रमुखसहित चार जनालाई जेल सजाय सुनाइएको छ । उनीहरूलाई दुई वर्षको जेल सजाय तोकिनुका साथै एक अर्ब इन्डोनेशियाली रुपैयाँ जरिबाना पनि गरिएको बीबीसीले जनाएको छ ।

आफी फार्मा नामको कम्पनीलाई विषालु पदार्थहरूको मात्रा अत्यधिक देखिएको खोकीको झोल औषधि बनाएको अभियोग लगाइएको थियो । तर कम्पनी पक्षका वकिलहरूले हेलचेक्र्याइँ गरेको भन्ने अभियोगलाई अस्वीकार गरेका छन् । कम्पनीले सजायविरुद्ध पुनरावेदन गर्ने तयारी गरेको छ ।

सरकारी वकिलहरूले आफी फार्माका प्रमुख आरिफ प्रासेट्या हाराहापलाई नौ वर्षको र अन्य प्रतिवादीलाई ७/७ वर्षको जेल सजायको माग गर्दै मुद्दा दायर गरेका थिए । सन् २०२२ यता खोकीको औषधि खाएका कारण मिर्गौलामा गम्भीर क्षति पुग्दा धेरैजसो पाँच वर्षभन्दामुनिको उमेरका दुई सय जना इन्डोनेशियाली बालबालिकाहरूको ज्यान गएको छ ।

द गाम्बिया र उज्वेकिस्तानमा पनि त्यस्तै कारणले एक सय जनाभन्दा धेरैको ज्यान गएको अनुमान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले भारत र इन्डोनेशियामा निर्मित खोकीका विभिन्न ६ प्रकारका औषधिका सम्बन्धमा चेतावनी जारी गरेको छ ।

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया